Skip to content

सिन्धुलीको तीनपाटनमा जंगली च्याउ खाँदा पाँच जना बिरामी

सिन्धुलीको तीनपाटनमा जंगली च्याउ खाँदा पाँच जना बिरामी
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टारमा नाम नखुलेको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
आज विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बिरामी हुने हरुमा तीनपाटन गाउँपालिका ४ विस्टारका ६७ बर्षका केशर बहादुर भुजेल उनको श्रीमती ५३ वर्षका पुर्णमाया भुजेल, ३८ वर्षका घनश्याम भुजेल, २१ वर्षका किरण भुजेल र २० वर्षकी नानीमाया समाल रहेका छन ।

च्याउ खाएपछि वाकवाकी लाग्ने, बान्ता आउने समस्या देखिएको छ । विरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशब कुमार कटवालले जानकारी दिए।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts