Skip to content

सिन्धुलीको तीनपाटनमा जंगली च्याउ खाँदा पाँच जना बिरामी

सिन्धुलीको तीनपाटनमा जंगली च्याउ खाँदा पाँच जना बिरामी
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टारमा नाम नखुलेको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
आज विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बिरामी हुने हरुमा तीनपाटन गाउँपालिका ४ विस्टारका ६७ बर्षका केशर बहादुर भुजेल उनको श्रीमती ५३ वर्षका पुर्णमाया भुजेल, ३८ वर्षका घनश्याम भुजेल, २१ वर्षका किरण भुजेल र २० वर्षकी नानीमाया समाल रहेका छन ।

च्याउ खाएपछि वाकवाकी लाग्ने, बान्ता आउने समस्या देखिएको छ । विरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशब कुमार कटवालले जानकारी दिए।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts