Skip to content

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित
प्रकाशित:
शब्दको आकार

हेटौँडाः,जेठ २१ : नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कुल खसेको ७६५ मत मध्ये ३१३ मतले अध्यक्ष पदमा बिजयी भएको हो।

त्यस्तै अध्यक्ष पदका प्रत्यासी इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे भने अर्का अध्यक्ष पदका प्रत्यासी लालबहादुर थापा र देवराज रिमालले १६६ र ११ मत प्राप्त गरे भने उपाध्यक्ष पदमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिवमा खुलातर्फ फुर्वा दोर्जे लामा र उपसचिव महिलातर्फ आरती पाठक विजयी भएका छन्।

उपाध्यक्षमा हिदम लामाले ४७६ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्दी उपाध्यक्ष पदका आकांक्षी सुनिल मोक्तानले १९७ , भरत दुलालले ३८ मत र ध्रुव चौलागाईले २६ मत ल्याएका छन् त्यस्तै सचिवमा सीता विष्ट २९७ मतसहित विजयी भएकी छिन उनका प्रतिद्वन्दी सचिवका आकांक्षी मदन दाहालले २५५ मत, राजन थापाले १७१ मत ल्याए।

उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामाले २४१ मत सहित बिजयी भएका छन् उनका प्रतिद्वन्दी उपसचिवका आकांक्षी दीपक खड्का, ईन्द्रप्रसाद नेपाल, कृष्ण प्रसाद चौलागाईंले र खेम जर्गा मगरले १६७, १२९, ८६ र १०० मत प्राप्त गरे । उपसचिव महिलातर्फ आरती पाठक २४१ मतले बिजयी उनका प्रतिद्वन्दी कल्पना बलामीले १५६ मत, जुना दाहालले १५२ मत र पार्वती राना १७२ मत पाए ।

निर्वाचन समितिले सदस्यतर्फ भएको निर्वाचनको मतगणना सोमबार साझ सुरु हुने भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts