मेरो पत्र Logo

नक्कली तिलहरी धितो राखेर ११ लाख ठगी, एक महिला पक्राउ

Mero Patra
मेरो पत्र
ad
नक्कली तिलहरी धितो राखेर ११ लाख ठगी, एक महिला पक्राउ
adad

सुनचाँदी पसलमा नक्कली तिलहरी धितो राखी ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ परेकी महिला रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ की ४२ वर्षीया दिलमाया मगर हुन्, जो हाल भक्तपुरमा बसोबास गर्दै आएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, दिलमायाले बुद्धनगरस्थित एक सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखी सो रकम उठाएकी थिइन्। आइतबार उनी फेरि अर्को पसलमा गहना धितो राख्न जाँदा पसलेलाई शंका लागेपछि प्रहरीले खबर गरिएको थियो। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, दिलमायाले आफू ‘प्रहरी’ भएको भन्दै प्रहरी सहायक निरीक्षक (असई) को फोटो देखाएर पसलेलाई विश्वास दिलाउने प्रयास समेत गरेकी थिइन्।

हाल उनलाई ठगी मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद लिएर हिरासतमा राखिएको छ। साथै, प्रहरीका अनुसार घटनामा संगठित ठगीको आशंका रहेकाले विस्तृत अनुसन्धान अघि बढाइएको छ।

सेयर गर्नुहोस्: