मेरो पत्र Logo

एनआरएनए वेस्टर्न अस्ट्रेलिया युवा उप संयोजक पदमा सुमन पौडेल (काला) को उम्मेदवारी

Mero Patra
मेरो पत्र
ad
एनआरएनए वेस्टर्न अस्ट्रेलिया युवा उप संयोजक पदमा सुमन पौडेल (काला) को उम्मेदवारी
adad

आगामी २६ जुलाई २०२५ मा हुन गइरहेको NRNA Australia – Western Australia को निर्वाचनलाई लक्षित गर्दै, सुमन पौडेल (काला) ले Youth Deputy Coordinator पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

पौडेलले NRNA लाई प्रवासी नेपालीहरूको साझा पहिचान र भविष्य निर्माणको मुख्य आधारको रूपमा व्याख्या गर्दै, अबको नेतृत्वमा युवाको प्रतिनिधित्व, समावेशिता र उत्तरदायित्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

“NRNA केवल संस्था होइन — यो हाम्रा सपना र सम्भावनाको साझा केन्द्र हो”

अष्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहँदै, विभिन्न कार्यक्रम, अभियान र सहकार्यहरूमा सक्रिय रहेका सुमनले अब आफ्ना अनुभव, ऊर्जा र सेवाभावलाई संस्थागत रूपमा प्रयोग गर्ने समय आएको बताएका छन्।

“युवाको आवाज, सामुदायिक समृद्धि” भन्ने मूल नारासहित अगाडि बढेका उनले सबैको साथ, सुझाव र विश्वासमा आधारित रूपमा नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।


सुमन पौडेल (काला) का प्रतिबद्धताहरू:

युवाहरूको आवाजलाई संस्थागत बनाउने

समुदायलाई अझ संगठित र समृद्ध बनाउने

सबैको सहभागिता र सुझावमा आधारित नेतृत्व विकास गर्ने

सांस्कृतिक जगेर्ना र सामाजिक एकता प्रवर्द्धन गर्ने

उनको अपिल:

“NRNA हाम्रो भविष्य हो। यो संस्थालाई जिम्मेवार, युवा–मैत्री र सहभागी बनाउने जिम्मेवारी हामी सबैको हो। म तपाईंहरूको साथ, सुझाव र अमूल्य मतको हार्दिक अपेक्षा गर्दछु।”
— सुमन पौडेल (काला)

सेयर गर्नुहोस्: