Skip to content

गायक मेघ लामाको गीत ‘गाउन त आउँदैन’ सार्वजनिक (भिडियो सहित)

गायक मेघ लामाको गीत ‘गाउन त आउँदैन’ सार्वजनिक (भिडियो सहित)
प्रकाशित:
शब्दको आकार

गायक मेघ लामाले आफ्नो नयाँ गीत ‘गाउन त आउँदैन’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द तथा संगीत आशुसेन लामाको रहेको छ भने भिडियोमा कृशला तामाङ र चर्चित समूह भिमफेदी गाईजको आकर्षक अभिनय देख्न सकिन्छ।

भावनात्मक भावमा आधारित गीतमा मेघ लामाको स्वरले श्रोताको मन छोएको छ। गीतको भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका छन् भने निर्देशन भिमफेदी गाईजका निर्मल कुमार लामाले गरेका छन्। भिडियोलाई ग्रामीण परिवेशमा सुट गरिएको छ, जसले गीतको भावनात्मक गहिराइलाई अझ प्रभावशाली बनाएको छ।

यसअघि पनि ‘नभुलिदेउ’, ‘रित्तो मन’, ‘माथि माथि लेकमा’ नौलो भाछ जस्ता लोकप्रिय गीतहरूमार्फत चर्चा कमाएका मेघ लामाको यो गीतले समेत युवा पुस्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीत उनकोआफ्नो अफिसियल युट्युब च्यानल मेघ लामा बाट सार्वजनिक भएको हो ।

नेपाली मौलिक संगीतप्रेमीका लागि यो गीत फेरि पनि एक सशक्त प्रस्तुति बनेको छ। गायक मेघ लामा भन्छन्, "गीतले हामीभित्रका भोगाइ र भावना झल्काउने प्रयास गरेको छु, आशा छ स्रोता–दर्शकले माया गर्नुहुनेछ।"

सिन्धुलीको हरिहरपुरगढीमा जन्मेका गायक मेघ हाल पोर्चुगलमा देशमा बसोबास गर्दै आईरहेका छन ।

भिडियो

https://youtu.be/4-PBwWRTFEU?si=Pla0AwmTehQukddQ
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts