Skip to content

अर्घाखाँचीमा आगलागीबाट जलेर चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीमा आगलागीबाट जलेर चार वर्षीया बालिकाको मृत्यु
प्रकाशित:
शब्दको आकार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा हिजो सोमबार आगोले जलेर एक बालिकाको ज्यान गएको छ ।

भूमिकास्थान -५ असुरकोटको कुडेपानी स्थित खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा बिकको जलेर मृत्यु भएको हो।
बालिकाको हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताएका छन् आगलागीबाट २ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts