मेरो पत्र Logo

बझाङ-१ बाट प्रदेशसभा उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

Mero Patra
मेरो पत्र
ad
बझाङ-१ बाट प्रदेशसभा उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
adad

प्रदेशसभा उपनिर्वाचनको बझाङ १ निर्बाचन क्षेत्रबाट नेकपा एमालेका दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । आज सोमबार दिउँसो सकिएको मतगणनामा उनले जम्मा ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् ।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

सेयर गर्नुहोस्: