Skip to content

मरिणमा तामाङ भाषा पढाउने शिक्षकहरुको लागि ३ दिने तालिम सम्पन्न

मरिणमा तामाङ भाषा पढाउने शिक्षकहरुको लागि ३ दिने तालिम सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको मरिण गाउँपालिकाले आफ्ना पालिका भित्रका विद्यालयमा तामाङ भाषा पढाउने शिक्षकहरुको लागि ३ दिने पुनर्ताजकी तालिम दिएको छ ।

मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ,मरिण गाउँ समितिको आयोजना भएको तालिममा तामाङ भाषा पढाई हुने ३६ विद्यालयका एक/एक जना शिक्षकहरु सहभागी रहेका थिए ।
कक्षा दुई सम्मको तामाङ भाषाको पाठ्य पुस्तक तयार गर्न शिक्षकहरुसँग अन्तरक्रिया पनि गरिएको थियो ,नेपाल तामाङ घेदुङ, मरिण गाउँ समितिका अध्यक्ष मोतिलाल गोलेको अध्यक्षता तथा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts