Skip to content

हरिहरपुरगढीको माबी महेन्द्रझ्याडीमा छात्रवृत्ति र पुरस्कार बितरण सम्पन्न

हरिहरपुरगढीको माबी महेन्द्रझ्याडीमा छात्रवृत्ति र पुरस्कार बितरण सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी :सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका-४ बेलपुरमा रहेको श्री मा.वि. महेन्द्रझ्याडीले आज बुधबार शैक्षिकसत्र २०८० को छात्रवृत्ति र पुरस्कार वितरण, विदाई तथा सम्मान कार्यक्रम एंवम् अभिभावक भेला सम्पन्न गरेको छ ।

कार्यक्रम हरिहरपुरगढी गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईवाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिल बहादुर बम्जनको अध्यक्षता, पुर्व वि.व्य.स. अध्यक्ष कमलजङ्ग राई,हरिहरपुरगढी गाउँपालिका प्रवक्ता तथा वडा नं.४ अध्यक्ष कमल कुमार राई, वडा नं. ५ अध्यक्ष साइला लामा, वडा नं.३ अध्यक्ष कुल बहादुर भोलन, गाउँपालिका शिक्षा शाखा प्रतिनिधि प्रेम बहादुर विश्वकर्मा, कानुनी सहजकर्ता लोकबहादुर गोले, वि.व्य.स सदस्यहरुको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा पुर्ब बि. ब्यस स.समिती अध्यक्ष कमल जङ्ग राई , ३ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान ,शिक्षक बिदाई तथा स्वागत गरिएको थियो साथै अभिभावक ,अभिभावकलाई पनि सम्मान गरिएको थियो, साथै पालिका स्तरिय २०८०को आधारभुत तह परीक्षामा प्रथम हुन सफल छात्र छात्रा ,२०७९ को एसईईमा प्रथम हुन सफल छात्र तथा छात्रालाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts