Skip to content

श्रीलंकामा कार रेसको क्रममा ७ को मृत्यु २० घाइते

श्रीलंकामा कार रेसको क्रममा ७ को मृत्यु २० घाइते
प्रकाशित:
शब्दको आकार

कोलम्बो, श्रीलंका श्रीलंकामा आइतबार एक प्रतियोगिताको क्रममा एक रेस कार ट्र्याकबाट हट्यो र दर्शक र रेस अधिकारीहरूको भीडमा ठोक्कियो, जसमा सात जनाको मृत्यु भयो र २० जना घाइते भएका छन्।

राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर (११० माइल) पूर्वमा रहेको चिया खेती गर्ने मध्य पहाडको दियातलावा सहरमा कार रेश गर्ने क्रममा दुर्घटना भएको हो के कारणले दुर्घटना भएको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

स्थानिय प्रहरी प्रवक्ता निहाल थल्दुवाले एउटा कार ट्र्याकबाट ओर्लिएर कार्यक्रममा उपस्थित दर्शक र अधिकारीलाई ठक्कर दिएको बताए । चार अधिकारीसहित सात जनाको मृत्यु भएको छ भने अन्य २० जनाको अस्पतालमा उपचार भइरहेको थल्दुवाले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
श्रीलंकाको मिलिटरी एकेडेमीको रेस सर्किटमा करिब ४५,००० दर्शक जम्मा भएका थिए। कार्यक्रम श्रीलंका आर्मी र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले आयोजना गरेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts