मेरो पत्र Logo

सिन्धुलीको हरिहरपुरगढीमा गोलि चल्यो ,लागु औषध गाजा सहित एक पक्राउ

Mero Patra
मेरो पत्र
ad
सिन्धुलीको हरिहरपुरगढीमा गोलि चल्यो ,लागु औषध गाजा सहित एक पक्राउ
adad

सिन्धुली,हरिहरपुरगढी चैत्र १८ :सिन्धुलीको हरिहरपुरगढी -७ भुताहा शिरमा गाजा सहित एक जनालाई प्रहरीले नियन्त्रण गरेको छ।
विषेश सुचनाको आधारमा हिजो चैत्र १७ गते शनिबार प्रहरी गस्ती टोलीले पुर्वबाट पश्चिम तर्फ ४/५ जना व्यक्तिहरुले नाम्लोमा पछाडी ढाडँमा वोकी ल्याउदै गरेको अवस्थामा ४ बोरामा ७७ के.जी.८० ग्राम लागुऔषध (गाँजा) सहित जिल्ला सिन्धुली हरिहरपुरगढी – ७ का २४ बर्षीय विच बहादुर वाईवालाई पक्राउ गरेको हो।
उक्त्त लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा ३०३ राईफलबाट ५ राउण्ड हवाइ फायर गरिएको, मानविय क्षती नभएको,अन्य व्यक्तिहरुको सम्बन्धमा खोज्ज तलास कार्य भईरहेको,बरामद भएको लागु औषध गाँजा र मानिसलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको सिन्धुली जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशब कुमार कटवालले बताएका छन।

सेयर गर्नुहोस्:
adad