Skip to content

हरिहरपुरगढीमा रास्वपाको प्रथम भेला सम्पन्न ,पालिका समिति गठन

हरिहरपुरगढीमा रास्वपाको प्रथम भेला सम्पन्न ,पालिका समिति गठन
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी,चैत्र १७ :सिन्धुलीको हरिहरपुरगढीमा रास्ट्रीय स्वतन्त्र पार्टीले प्रथम हरिहरपुरगढी गाउँपालिका भेला गरेको छ। कार्यक्रम हरिहरपुरगढी -१ चैतारा टोल गढीमा सम्पन्न भएको हो।

कार्यक्रमको सभा अध्यक्षता रास्ट्रीय स्वतन्त्र पार्टीका सिन्धुली जिल्ला संयोजक रमेश घिमिरे,अतिथिहरुमा जिल्ला सह संयोजक तिर्थ देवकोटा, सिन्धुली क्षेत्र न १ सभापति धनेन्द्र कार्की, क्षेत्र न २ सभापति अबिनास बस्नेत लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला संयोजक रमेश घिमिरेले " देशै भरि जनताले परिबर्तन चाहेको र त्यसको माग हरिहरपुरगढीमा पनि रहेको आजको भेलाबाट यहाका जनतामा चासो तथा केहि नया गर्न चाहने देशमा परिबर्तन चाहनेहरु जाग्ने बताउनु भएको थियो।
आजको प्रथम भेलाबाट सर्बसम्मतले ११ सदस्यीय रास्वपा हरिहरपुरगढि पालिका समिती चयन भएको छ। जस अन्तर्गत सभापतिमा प्रमोद रुम्बा उप सभापतिमा दिपेश घलान सचिबमा सुमन रुम्बा लगायतका सदस्य चयन भएका छन्।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts