बागमतिको मनसाही जरायोटारमा बाघको आक्रमणबाट गाईको मृत्यु





हेटौंडा ,चैत्र १२:मकवानपुर बागमति गाउँपालिका वडा नम्बर ७ मनसाही जरायोटारमा बाघको आक्रमणले गाईको मृत्यु भएको छ ।
चैत्र ९ गते बिहान १० बजेको समयमा बाग्मति गा.पा.७ मनसाही जरायोटार बस्ने बर्ष ६५ को रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा छाडेकोमा घर नआएपछी चैत्र १२ गते सोमबार बिहान ६ बजेको समयमा खोजी गर्दै जाने क्रममा उनको घर देखी अन्दाजि १ कि.मि. दक्षिण तर्फ रहेको मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेको छ । बाघले मारेको जस्तो २ वटा गाईको पछाडीको शरिरको भाग खाएको २ वटा आक्रमण गरि मारेको देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्: