Skip to content

बागमतीमा कक्षा ५ र ८ को वार्षिक परीक्षा सुरु

बागमतीमा कक्षा ५ र ८ को वार्षिक परीक्षा सुरु
प्रकाशित:
शब्दको आकार

बागमती,मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा कक्षा ५ र ८ को वार्षिक परीक्षा सुरु भएको छ। शुक्रबारबाट पालिकाभित्रका ३२ विद्यालयमा परीक्षा सुरु भएको पालिका शिक्षा विकास शाखा समितिका प्रतिनिधि प्रमोद राइले बताउनुभयो ।

परिक्षाको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा भएको छ । परिक्षाका लागि पालिकाले शिक्षकहरुलाई अन्तर विद्यालयमा केन्द्राध्यक्ष तोकेर खटाइएको छ । परिक्षामा कक्षा ५ मा ६ सय २५ विद्यार्थी र कक्षा ८ मा ५ सय ४३ जना विद्यार्थी छन् । जसमध्ये पहिलो दिन कक्षा ८ मा १३ जना विद्यार्थी अनुपस्थित भएका छन् । शनिबार भने परिक्षा संचालन नहुने भएको छ । परिक्षा चैत ९ गतेसम्म संचालन हुनेछ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts