फागुन ३० ,बागमती गाउँपालिका :बागमती गाँउपालिकामा अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे छ । पालिकाले आफ्नै कार्यालयकाे भवनबाट ९ वटै वडाका अपाङ्ग नागरिकलाई सहज हुने गरि ३ दिने शिविरकाे आयाेजना गरिएकाे हाे ।
३ दिने शिविरकाे आज पहिलाे दिन वडा नं. १, २ र ३ का अपाङ्ग नागरिकलाई अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे थियाे । उदघाटनकाे दिन आज बुधवार १४ जनाले अपाङ्गता परिचय-पत्र प्राप्त गरेका छन । जस मध्ये रातो ‘क’ वर्गकाे १ जना, निलो ‘ख’ वर्गकाे ११ जना र पहेँलो ‘ग’ वर्गकाे २ जना गरि जम्मा १४ जनाले परिचय-पत्र प्राप्त गरेका छन । १ जनाको अध्यावधिक र १३ जनालाई नयाँ परिचय-पत्र प्रदान गरिएको छ ।
शिविर भाेलि चैत्र १ गते विहिवार वडा नं. ४, ५, ७ र चैत्र २ गते शुक्रवार वडा नं. ६, ८, ९ का नागरिकहरुका लागि सञ्चालन हुनेछन ।पालिकाका सामाजिक विकास संयोजक कमान सिं पाख्रिनले अपाङ्गहरुको पहिचान र सेवामा सहभागी हुन पाउंदा खुशी लागेको बताउनु भएकाे छ । हामीसंगकाे कुराकानीमा संयाेजक पाख्रिनले कार्यक्रमको तालिका अनुसार दोस्रो र तेस्रो दिनहरुमा पनि आजको जसरी नै अपाङ्गहरुलाई शिविर स्थल पालिकासम्म ल्याइपु-याई सहयोग गरिदिनु हुन सम्बद्ध सरोकारवाला सबैमा अपिल समेत गर्नु भएकाे थियाे ।
सिंहदरबारको अधिकार घर घरमा भन्ने नाराका साथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार गाँउपालिकाले परिचय-पत्र वितरण गरेको हो ।
पालिकाले गत बैशाख महिनामा मात्रै शिविर सञ्चालन गरिएकाे थियाे । शिविर बार्षिक रुपमै सञ्चालनमा ल्याउने र आवश्यक्ता हेरि ३ महिनामा १ पटक शिविरकाे आयाेजना गर्न सक्ने पालिकाका सामाजिक विकास शाखा प्रमुख विनिता मरासिनीले जानकारी दिनुभएकाे थियाे ।
शिविरमा पालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, १ नं. वडाध्यक्ष यहुन्ना राई, ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिन, ७ नं. वडाध्यक्ष उत्तर बहादुर भाेलन, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, १ नं. वडा सदस्य हस्त बहादुर थि, ३ नं. वडा सदस्य तुल बहादुर मुक्तान, मेडिकल असिष्टेन्ट डा. विजय कुमार गुप्ता, राेजगार संयाेजक नगेन्द्र महताे, जनआन्दाेलन घाईते राकेश गाेले लगाएतकाे उपस्थिति रहेकाे थियाे ।