Skip to content

फागुन १७ देखि हुने हरिहरपुरगढीको चौथो अध्यक्षकपको खेल तालिका सार्बजनिक

फागुन १७ देखि हुने हरिहरपुरगढीको चौथो अध्यक्षकपको खेल तालिका सार्बजनिक
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढीमा चौथो अध्यक्षकप खेलकुद प्रतियोगिताको खेल तालिका सार्बजनिक भएको छ । फागुन १७ गते हुने पुरुष फुटबल
तर्फ दिउसो समुह (ख) को ३ बजे वडा नम्बर ४ र वडा नम्बर ३ बीच १ खेल हुने छ भने १८ गते दुइ खेल हुनेछ जसमा बिहान ८ बजे वडा नम्बर ७ र वडा नम्बर २ खेल हुनेछ त्यस्तै दिउसो १.३० बजे वडा नम्बर ६ र वडा नम्बर ५ बीच हुनेछ।त्यस्तै महिला फुटबलको खेल फागुन १९ गते हुनेछ हरिहरपुरगढी युबा तथा खेलकुद बिकास समितिको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता हुन लागेको हो।

हरिहरपुरगढी – ४ झ्याडिको खेलमैदान हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल खेल हुनेछ ,जसमा पालिकाको ८ वडाको टिमहरु सहभागी हुनेछन ,पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार रु.१ लाख ,दोस्रो पुरस्कार रु. ५० हजार,महिला फुटबल अन्तर्गत प्रथम पुरस्कार रु. २० हजार दोस्रो पुरस्कार रु. १० हजार सहित ट्रफी ,मेडल ,प्रमाण पत्र दि इने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राई ‘ हिमालले ‘ मेरोपत्रलाई जानकारी दिनुभएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts