Skip to content

हरिहरपुरगढी गाउँपालिकाले माझि समुदायको लदी पर्बमा फागुन १५ गते सार्बजनिक बिदा दिने

हरिहरपुरगढी गाउँपालिकाले माझि समुदायको लदी पर्बमा फागुन १५ गते सार्बजनिक बिदा दिने
प्रकाशित:
शब्दको आकार

माझि समुदायहरुको मुख्य पर्ब कोशी पुजा ( लदि पर्ब )को अवसरमा हरिहरपुरगढी गाउँपालिकाले फागुन १५ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ। फागुन ११ गते बसेको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकामा बसोवास गर्ने माझी समुदायको मुख्य पर्व कोशी पूजा (लदी पर्व) को उपलक्ष्यमा फागुन १५ गते गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक सघं सस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरेको हो। साथै गाउँपालिका बासी, स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण माझी समुदायलाई कोशी पूजा (लदी पर्व) को शुभकामना व्यक्त गर्दै सुचना जारि गरेको छ।


कोसी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप-पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ-आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts