Skip to content

छैठौ बागमती गोल्डकप समापनमा नगद रु.१५००० सहित पत्रकार :रबिन्द्र वाइबा सम्मानित

छैठौ बागमती गोल्डकप समापनमा नगद रु.१५००० सहित पत्रकार :रबिन्द्र वाइबा सम्मानित
प्रकाशित:
शब्दको आकार

हेटौँडाः हेटौडाबाट प्रकाशित हुने समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रविन्द्र वाईबा पुरस्कृत भएका छन । छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता २०८० को समापन समारोहमा वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले वाईबालाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नु भएको थियो । वाईबा समृद्ध समाज राष्ट्रिय दैनिकबाटै पत्रकारिताको सुरुवात गरी निरन्तर खेलकुद, स्थानीय सरकार, प्रदेश सरकारको विषयमा समाचार लेखिरहेका छन साथै छैठौ बागमती गोल्डकप अबधिभर प्रत्यक्ष रुपमा खेल भएको स्थानबाटै न्युज डेस्कमा रहेर निरन्तर रुपमा समाचारहरु सम्प्रेषण गरिरहेका थिए। पुरस्कार पाएपछि बोल्दै यस पुरस्कारले आफूमाथि झन् जिम्मेवारी थपेको र आफुलाई पत्रकारिता कर्ममा उर्जा मिलेको आगामी दिनमा अझै निरन्तर यसै क्षेत्रमा निरन्तर लाग्ने मेरोपत्रलाई बताएका छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts