Skip to content

हरिहरपुरगढीमा २ दिने ल्होछार मेला लाग्ने तामाङ चलचित्रका महानायक अमिर दोङ आउने

हरिहरपुरगढीमा २ दिने ल्होछार मेला लाग्ने तामाङ चलचित्रका महानायक अमिर दोङ आउने
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गुर्जी बस पार्कमा २ दिने ल्होछार मेला लाग्ने भएको छ। २८६० औ ल्होछारको अबसरमा हरिहरपुरगढी-३ को गुर्जीमा ल्होछार मेला समिति द्वारा आयोजित मेला बस पार्कमा माघ २७ र २८ हुन गते हुन लागेको हो । प्रत्येक बर्ष ल्होछारको दिन हुने कार्यक्रममा तामाङ समुदायको नयाँ बर्षकै दिन पारेर साँस्कृतिक कार्यक्रम गर्ने गरिएको छ।

कार्यक्रममा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ,गायक तथा संगितकार च्वाइस दोङ,गायक सुरेश लोप्चन तथा स्थानीय कलाकारहरुको सांगीतिक र सास्कृतिक प्रस्तुति रहनेछ। साथमा लामा,बोन्बो,ताम्बा साँस्कृतिक झाँकी प्रदर्शन हुने र तामाङ खानाका परिकार पाइने छ ,कार्यक्रम हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईबाको आतिथ्यतामा हुने ल्होछार मेला ब्यबस्थापन समिति संयोजक काजीमान भोलनले बताउनु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts