Skip to content

भोटेकोशी बाढी: ७ जनाको शव फेला

भोटेकोशी बाढी: ७ जनाको शव फेला
प्रकाशित:
शब्दको आकार

गएराति आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका १८ जनामध्ये ७ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरीका अनुसार ती शवहरू विभिन्न स्थानबाट फेला परेका हुन्। बाढीका कारण घाइते तथा जोखिममा परेका ५५ जनाको सकुशल उद्धार गरिएको छ।

नेपाल–चीन जोड्ने प्रमुख नाका मितेरी पुल बगाएको पुष्टि भएको छ, जसले अन्तर्राष्ट्रिय आवागमन र व्यापारमा समेत असर पार्ने देखिएको छ।

प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। हराइरहेकहरूको खोजी र जोखिम मूल्यांकन कार्य जारी रहेको जनाइएको छ।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले सम्भावित थप बाढीको जोखिमबाट सतर्क रहन स्थानवासीलाई आग्रह गरेका छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts