मेरो पत्र Logo

हरिहरपुरगढी गाउँपालिकाको २१औं गाउँसभाको दोस्रो बैठक सम्पन्न,१९ वटा प्रस्ताव पारित

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढी गाउँपालिकाको २१औं गाउँसभाको दोस्रो बैठक सम्पन्न,१९ वटा  प्रस्ताव  पारित
adad

हरिहरपुरगढी गाउँपालिकाको २१औं गाउँसभाको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ। पालिका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा बसेको उक्त बैठकमा उपाध्यक्ष चेख बहादुर थिङ र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकाराको उपस्थिति रहेको थियो।

बैठकमा कुल १९ वटा प्रस्तावहरू पेश गरिएका थिए, जसलाई सर्वसम्मत रुपमा पारित गरिएको छ। पारित भएका प्रमुख प्रस्तावहरूमध्ये आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, न्याय सम्पादनसम्बन्धी वार्षिक प्रतिवेदन, मेलमिलापकर्ताको सूची अनुमोदन, कर्मचारी तहवृद्धि तथा तलब मिलान, शिक्षक व्यवस्थापन र करार सेवामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको सेवा सुविधा समेटिएका छन्।

त्यस्तै, कार्यपालिकाबाट हालसम्म भएका निर्णय र आम्दानी–खर्चको अनुमोदन, निर्माण सामग्रीको दररेट निर्धारण, १५ शैय्याको अस्पताल भवन निर्माणमा परामर्शदाता निरन्तरता, बर्थिङ्ग सेन्टरको नाइट भत्ता स्वीकृति, रिक्त दरबन्दीमा करार सेवा पदपूर्ति, कर्मचारी प्रोत्साहन भत्ता लगायतका विषयमा पनि बैठकले निर्णय गरेको छ।

अन्त्यमा आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रम पारित गर्दै गाउँसभाको बैठक सम्पन्न भएको थियो। गाउँपालिकाले पारित गरेका प्रस्तावहरू विकास, सेवा प्रवाह र संस्थागत सुदृढीकरणका दृष्टिकोणले महत्वपूर्ण ठहर गरिएको छ।

सेयर गर्नुहोस्: