सिन्धुलीको हरिहरपुरगढी स्थानीय शिक्षक समाजको आयोजनामा आज शनिबार हरिहरपुरगढी गाउँपालिका–४ स्थित सुन्दर, शान्त र रमणीय लोहासुर पोखरी परिसरमा वनभोज तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कुल ६५ जना स्थानीय शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले कविता, गजल, मुक्तक प्रस्तुति सहित रमाइलो नृत्य प्रदर्शन गरी कार्यक्रमलाई झनै रंगिन बनाएको थियो। त्यस्तै, उपस्थित अतिथिहरूले पोखरी परिसर तथा मन्दिर क्षेत्रको अवलोकन समेत गरेका थिए।
कार्यक्रममा वडा नम्बर ४का वडा अध्यक्ष तथा गाउँपालिका सरकारका प्रवक्ता कमल कुमार राई तथा पत्रकार बिशाल राज राईको समेत विशेष उपस्थिति रहेको थियो। सहभागी तथा अतिथिहरूलाई उपाध्यक्ष सुर्य बहादुर राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रम स्थानीय शिक्षक समाजका अध्यक्ष निर बहादुर मोक्तानको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न गरिएको समाजले जनाएको छ।

शिक्षकहरूबीच आपसी सञ्जाल सुदृढ गर्ने, साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने तथा प्राकृतिक सौन्दर्यमा एकदिनको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रम स्थानीय शिक्षक समुदायका लागि स्मरणीय बनेको छ।कार्यक्रम संचालन कमल तामाङले गर्नुभएको थियो ।





Comments