Skip to content

हरिहरपुरगढीमा रामपुर हाइब्रिड–१० मकैको बीउ ६० प्रतिशत अनुदानमा वितरण हुने

हरिहरपुरगढीमा रामपुर हाइब्रिड–१० मकैको बीउ ६० प्रतिशत अनुदानमा वितरण हुने
प्रकाशित:
शब्दको आकार

सिन्धुली, असोज ९– हरिहरपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ। गाउँपालिकाको सहकार्यमा प्रदेश बीउ बिज्ञान प्रयोगशाला, हेटौंडाले उत्पादन गरेको रामपुर हाइब्रिड–१० जातको मकै बीउ वितरण गरिने गाउँपालिकाले जनाएको छ।

किसानले आवश्यक पर्ने बीउको परिमाण उल्लेख गरी असोज २४ गतेभित्र वडा कार्यालयमार्फत वा गाउँपालिका कृषि विकास शाखामा निवेदन दिनुपर्ने छ।

यस क्रममा रामपुर हाइब्रिड–१० मकैको खुद्रा मूल्य प्रतिकेजी रु. ४५० रहेकोमा किसानलाई ५० प्रतिशत अनुदानमा रु.२२५ मा उपलब्ध गराइने छ।

पालिका अध्यक्ष बज्रध्वज वाईबाले पालिका परिसरमै हाईब्रीड मकैको बीउ उत्पादन गरि पालिका बिउमा पनि आत्मनिर्भर हुँदै गएको बताउनुभयो वहाले यो आर्थिक वर्ष २०८२/८३ मा कृषीमा धेरै हदसम्म परिवर्तन हुने बताउनु भयो बाकी अधुरा रहेका लिफ्ट सिचाई लगायतका काम पनि सम्पन्न हुने पनि बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले किसानलाई सस्तो मूल्यमा गुणस्तरीय बीउ उपलब्ध गराउन यो कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यले बताउनुभयो ।


अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts