Skip to content

मकवानपुरमा ९ वर्षीया बालिका मृत अवस्थामा फेला

मकवानपुरमा ९ वर्षीया बालिका मृत अवस्थामा फेला
प्रकाशित:
शब्दको आकार

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी ९ वर्षीया प्रभा थिङ मृत अवस्थामा फेला परेकी छन्।

उनकी पिता कुमार थिङका अनुसार हिजो दिउँसो करिब ४ बजे घरबाट वेपत्ता भएकी बालिकाको खोजतलास गर्दा आज बिहान करिब ८ः१५ बजे घरदेखि करिब ७ सय मिटर दक्षिणतर्फ राप्ती खोलामा शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts