सिन्धुली, २३ साउन २०८२ – बागमती प्रदेश अन्तर्गतको प्रदेश फुलकन्ट्याक्ट कराते महासंघको निर्देशनमा सिन्धुलीमा जिल्ला फुलकन्ट्याक्ट कराते संघको कार्यसमिति गठन गरिएको छ।
प्रदेश तदर्थ समितिका महासचिव गोविन्द लाल श्रेष्ठको संयोजकत्वमा र सिन्धुली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बीर बहादुर थिङ "विशाल"तामाङको प्रमुख आतिथ्यमा शुक्रबार सिन्धुलीमाढिस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित बैठकमार्फत नयाँ कार्यसमिति गठन गरिएको हो।
गठित कार्यसमितिमा अध्यक्षमा राज राई, उपाध्यक्षमा सागर श्रेष्ठ, सचिवमा लक्ष्मी बहादुर राई, सह–सचिवमा चन्द्र कुमारी माझी र कोषाध्यक्षमा उस्तस आले मगर चयन भएका छन्।
त्यस्तै, सदस्यमा उद्धव राई, चेत राम राई, विशेष राई र कविन्द्र मोक्तान रहेका छन्।




