Skip to content

शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ
प्रकाशित:
शब्दको आकार

मकवानपुर, साउन ७ – मकवानपुरको हेटौडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग परिसरमा चोरी गर्ने तीन जना व्यक्तिहरू पक्राउ परेका छन्।

साउन ३ गते राति अपरिचित व्यक्तिहरू उद्योग परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी मेकानिकल वर्कशप भित्र रहेको क्रसरको सापटको बुस (पितलको) लगायतका विभिन्न औद्योगिक सामग्रीहरू चोरी भएको उजुरी उद्योग प्रशासनले प्रहरीमा दिएको थियो।

प्रहरीले सो उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै चोरीमा संलग्न तीन जनालाई चोरी गरिएको सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही बसबढिया गाउँपालिका–३ निवासी २५ वर्षीय सुनिल कुमार यादव, रौतहट गरुडा नगरपालिका–५ निवासी २५ वर्षीय पवन यादव र हालको ठेगाना नखुलेका २१ वर्षीय रितेश कुमार यादव रहेका छन्।

उनीहरूलाई मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ स्थित सडकबाट क्रमशः साउन ५ र ६ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हाल उनीहरू विरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट अनुमति प्राप्त गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts