काठमाडौं — गायक चेतन राईले आफ्नो नयाँ गीत "दर्के झरी" सार्वजनिक गरेका छन्। प्रेम र भावनाले भरिएको यो गीत वर्षायामसँग जोडिएर आएका रोमाञ्चक अनुभूति बोकेको छ।
गीतका शब्द, संगीत र रचना फराज अर्पनको रहेको छ भने संगीत संयोजन कुशल मोक्तान तामाङले गरेका छन्। गीतको भिडियो पक्ष पनि सशक्त रहेको छ। छायांकन सविन तिमल्सिनाले गरेका छन् भने सम्पादन तथा कलर करेक्सनको जिम्मेवारी राज धामीले सम्हालेका छन्।
भिडियोको निर्देशन गायक चेतन राई स्वयंले गरेका हुन् त्यस्तै सहायक निर्देशनमा बैठक पौडेलले को रहेको छ । म्युजिक भिडियोमा प्रविण पुरी र अनिता पराजुलीले अभिनय गरेका छन्, जसले गीतको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
"दर्के झरी" चेतन राईको आगामी एल्बम स्पिड मा समावेश गरिनेछ। दशैंको समयलाई लक्षित गर्दै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको गायक राईले बताएका छन्।



