मेरो पत्र Logo

सिन्धुलीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक बालक घाइते

Mero Patra
मेरो पत्र
ad
सिन्धुलीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक बालक घाइते
adad

सिन्धुली:सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानिबासस्थित मदन भण्डारी राजमार्गमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भिमानबाट रानिबासतर्फ जाँदै गरेको ज.४ प. ३४९८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा दुर्घटना भएको हो।
मोटरसाइकल कमलामाई नगरपालिका–१४, तल्लो रानिबासका २१ वर्षीय मनिष धामीले चलाएका थिए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–१४, चन्दनपुर निवासी करिब ३५ वर्षीय राजेन्द्र कुँवर दनुवार गम्भीर घाइते भएका थिए। छाती र टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, मोटरसाइकलमा सवार अर्का यात्रु करिब १४ वर्षीय करण कुमार (विदेश कुमारका छोरा) को दायाँ हात र कुममा चोट लागेको छ। हाल उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक मनिष धामी र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ।

सेयर गर्नुहोस्: