Skip to content

मकवानपुरमा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या

मकवानपुरमा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या
प्रकाशित:
शब्दको आकार

मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा मंगलबार दिउँसो धारिलो हतियार प्रहार गरी एक महिलाको ज्यान लिइएको छ। स्थानीय ५० वर्षीया तुलमाया गोपालीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

घटनास्थलमै महिलाको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो। दिउँसो करिब २ः२० बजे घटेको उक्त घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बज्रबाराही र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिएको थियो।

घटनापछि फरार रहेका अभियुक्त बिमलमानलाई प्रहरीले करिब १५ः३५ बजे थाहा नगरपालिका–३ स्थित थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनलाई हाल पालुङ प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको छ भने मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ।

मृतक तुलमायाको माइती पक्ष पनि सोही वडामा रहेको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts