Skip to content

दर्शक श्रोताको मन जित्दै गायक रमेश पाठक

दर्शक श्रोताको मन जित्दै गायक रमेश पाठक
प्रकाशित:
शब्दको आकार

काठमाडौं — काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ विविध सांगीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। लोकसंस्कृति प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सव अन्तर्गतको सांगीतिक कार्यक्रममा विभिन्न चर्चित संगीतकर्मीहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए।

कार्यक्रममा गायक रमेश पाठकले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकलाई झुमाएका थिए। बहु विधाका गीत गाउन सक्ने क्षमताका कारण पाठकको प्रस्तुति दर्शकहरूले अत्यन्त रुचाएका थिए। उनले ‘के गर्ने के गर्ने’, ‘सातै सुर’, ‘मायाकै पीर’, ‘कानैमा झुम्का’ लगायत आधा दर्जनभन्दा बढी चर्चित गीतहरू प्रस्तुत गरेका थिए।

गायन क्षेत्रमा उदाउँदै गरेका नवगायक रमेश पाठक पछिल्लो समय आफ्ना भावपूर्ण स्वर र सजीव प्रस्तुतीका कारण संगीतप्रेमीहरूको मन जित्न सफल भएका छन्। नेपाली लोक तथा आधुनिक संगीतमा आफ्नो पृथक पहिचान बनाउँदै गरेका पाठकका गीतहरू सामाजिक सञ्जालदेखि युट्युबसम्म लोकप्रिय बन्दै गएका छन्।

सो अवसरमा गायक सुगम पोखरेल, रमेश राज भट्ट, गायिका प्रीती आले, रचना रिमाल लगायत कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहेको थियो। महोत्सवमा सांस्कृतिक विविधता, कृषि उत्पादकत्व र व्यापार प्रवर्द्धनलाई एकै साथ प्रस्तुत गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन्।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts