Skip to content

सिन्धुलीको मरिणमा चट्याङ लाग्दा आमा र छोरी घाइते

सिन्धुलीको मरिणमा चट्याङ लाग्दा आमा र छोरी घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२, सामरी बेसारडाँडामा बिहीबार दिउँसो चट्याङ लाग्दा आमा र छोरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, दिउँसो करिब ४ बजेको समयमा ४२ वर्षीया फुलमाया जिम्बा र उनकी १० वर्षीया छोरी साङ्ग्री माया जिम्बा बस्तु गोठमा काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएका हुन्।

चट्याङका कारण फुलमायाको दुबै खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा भए पनि उनको स्वास्थ्य अवस्था सामान्यभन्दा केही गम्भीर रहेको जनाइएको छ। उनकी छोरी साङ्ग्री मायाको अवस्था भने सामान्य रहेको र हिँडडुल गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घाइते आमा छोरीलाई तत्कालै प्राथमिक उपचारका लागि मरिण गाउँपालिका–१ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा लगिएको थियो। फुलमायाको थप उपचारका लागि सिन्धुली अस्पतालमा रिफर गरिएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts