Skip to content

आर्थिक अवस्था कमजोर बललाई अध्यक्ष वाईबाको सहयोग

आर्थिक अवस्था कमजोर बललाई अध्यक्ष वाईबाको सहयोग
oplus_0
प्रकाशित:
शब्दको आकार

सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ५, लाटिखोलामा गत जेठ १४ गते दिवंगत हुनुभएकी शोभा सिंह बलको परिवारलाई हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको छ।

शोकाकुल परिवारको अवस्था बुझ्न घरमै पुग्नु भएका अध्यक्ष वाइबाले परिवारलाई तत्काल राहतस्वरूप ५ बोरा चामल, २ बोरा चिउरा, १० किलो दाल, १० किलो नुन, ५ लिटर तेल तथा १ किलो जिरा प्रदान गर्नुभएको हो।

आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहत स्वरुप अध्यक्ष वाईबाले सहयोग गर्नुभएको हो। अध्यक्ष वाइबाको यस्तो मानवीय तथा संवेदनशील कार्यले सामाजिक सहकार्य र सहानुभूतिको भावना झन् मजबुत बनाएको छ।

स्थानीयवासीहरुले अध्यक्ष वाइबा जस्तै नेतृत्वदायी व्यक्तित्वहरूको यस्तै सहयोगले समाजमा सकारात्मक परिवर्तनको आशा गर्न सकिने बताएका छन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts