मेरो पत्र Logo

सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविहीन

Mero Patra
मेरो पत्र
ad
सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविहीन
adad

सिन्धुली,साउन १२:जिल्ला सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बिखर कटेरी डेड्पामा एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ४५ वर्षीया उर्मिला हायू सहित उनका परिवारका १६ जना सदस्यहरू केही दिनदेखि सम्पर्कमा छैनन्। प्रहरीको टोली स्थलगत अनुगमनका लागि घटनास्थलमा पुगेको थियो।

प्रहरीले दिएको जानकारीअनुसार उर्मिला हायूको घरको पालीमा रहेको खरको छानाले बनेको भान्सामा एक–दुई दिन अगाडि आगलागी भएको देखिएको छ। यद्यपि घरको अन्य भागमा भने कुनै क्षति पुगेको छैन। घरमा रहेका पशुचौपाया समेत सुरक्षित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिहरुमा उर्मिला हायूसहित उनका छ जना छोरा — राजु, हिमाल, लालबहादुर, डेगबहादुर, सुवर्ण र लक्ष्मण हायू तथा छ जना छोरी कमला, सुधा, सुजता, उषा, अस्मिता र कोमला हायू छन्। साथै, एकजना ज्वाइँ, एकजना बुहारी र एक नातिनी पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। हालसम्म उनीहरूको अवस्था वा बसोबासबारे कुनै पत्ता लाग्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सेयर गर्नुहोस्: