Skip to content

काठमाडौंमा भेटिइन् सिन्धुलीमा बेपत्ता सूचीमा रहेकी सुजता, बाँकी १५ अझै बेपत्ता

काठमाडौंमा भेटिइन् सिन्धुलीमा बेपत्ता सूचीमा रहेकी सुजता, बाँकी १५ अझै बेपत्ता
प्रकाशित:
शब्दको आकार


सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सम्पर्कविहीन भएका १६ जनामध्ये माइली छोरी सुजता हायू र उनका श्रीमान् आयुष श्रेष्ठ प्रहरी सम्पर्कमा आएका छन्। हराएका भनिएका परिवारका सदस्यहरूमध्ये पहिलो पटक उनीहरू भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार, “सुजता र आयुष काठमाडौंमा सुरक्षित अवस्थामा फेला परेका छन्। उनीहरू केही महिनादेखि काठमाडौंमै बस्दै आएको जानकारी दिएका छन्।”

यद्यपि, गाउँमा हराइरहेका भनिएका सदस्यहरूको नामसहित सुजताको नाम पनि हराएका व्यक्तिको सूचीमा रहेको थियो। अनुसन्धानपछि उनी हाल गाउँमै नरहेको र लामो समयदेखि राजधानीमा श्रीमान सङ्ग बस्दै आइरहेकी थिइन् भन्ने खुलेको प्रहरीको भनाइ छ।

“गाउँमा नभए पनि नाम समावेश भएकाले सुरुवातमा उनी पनि बेपत्ता भएको आशंका गरिएको थियो,” डिएसपी सुवेदीले बताए, “तर अहिले उनी आफैं सम्पर्कमा आइन् र परिवारसँगको सम्पर्क टुटेको जानकारी दिइन्।”

उता, बाँकी १५ जना सदस्यहरूको अवस्था भने अझै अज्ञात छ। प्रहरीका अनुसार तीन दिनअघि उनीहरूको मोबाइल लोकेसन रामेछाप जिल्लामा देखिएको भए पनि प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन।

सिन्धुली र रामेछाप प्रहरीको संयुक्त टोली उनीहरूको खोजीमा खटिएको छ।


साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts