बागमतीमा उन्नत जातका धानका बीउ ५० % अनुदानमा वितरण





बागमती गाउँपालिकाले आगामी रोपाइँ सिजनलाई लक्षित गरी किसानहरूलाई धानको बीउ वितरण थालेको छ। गाउँपालिकाको कृषि शाखाको समन्वयमा गरिएको यो कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई अनुदानमा उन्नत जातका धानका बीउ ५० % सहुलियतमा वितरण गरिएको हो।
बिउ सहुलियत कार्यक्रम मार्फत ९ वटा वडाका करिब ५६ वटा कृषक समूह ,४ वटा सहकारी र १०० कृषि फर्म गरि करिब ५५५जना कृषक लाभान्वित हुने अनुमान गरिएको छ। वितरण गरिएको बीउमा प्रमुख रूपमा ‘रामधान,मकवानपुर धान, सुख्खा धान,सावित्री धान लगायतका उन्नत जातहरू रहेका छन्।

गाउँपालिकाको तीन वटा कृषि सेवा केन्द्रहरू,वडा नं. १, २ र ३ का लागि माझगाउँ स्थित कृषि सेवा केन्द्र,वडा नं. ४, ५ र ७ का लागि झुरझुरे स्थित कृषि सेवा केन्द्र,वडा नं. ६, ८ र ९ का लागि फापरबारी स्थित कृषि सेवा केन्द्रबाट धान बीउ वितरण गरिएको हो।
धान बीउ वितरण कार्यक्रम यहि जेठ १६ शुक्रबारसम्म सञ्चालनमा रहने छ।
धानको बीउ वितरण पाउने किसानहरू आफ्नो परिचयपत्र, नागरिकता प्रमाणपत्र र किसान दर्ता प्रमाणपत्र लिएर सम्बन्धित वडामा उपस्थित हुनुपर्ने जानकारी दिइएको छ।आज पालिका परिसरमै रामधान ९३१९ केजि ,मकवानपुर धान ६८०० केजि,सुख्खा धान -३००० केजि ,सावित्री धान -४७० केजि कृषकलाई बितरण गरिएको थियो ।
यस कार्यक्रमबाट कृषिमा उत्पादन वृद्धि हुने र खाद्य सुरक्षामा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ।
बीउ बितरण कार्यक्रममा कार्यक्रममा जनप्रतिनिधिहरू, प्रमुख प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत तथा कृषि शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

