Skip to content

सिन्धुलीको सुनकोशी नदी किनारमा एक ब्यक्त्तिको शव फेला

सिन्धुलीको सुनकोशी नदी किनारमा एक ब्यक्त्तिको शव फेला
प्रकाशित:
शब्दको आकार

सिन्धुली :रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २:१५ बजे भुजेल माछा मार्न नदी तर्फ गएका थिए। त्यस दिनदेखि उहाँ बेपत्ता रहनुभएको थियो।

आज बिहान करिब १०:३० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित वलेनीघाट नजिकै सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए। घटनास्थलमा पुगेका प्रहरी टोलीले शव पहिचान गर्दा यो बेपत्ता भएका भुजेलकै हो भन्ने पुष्टि भएको छ।

घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts