Skip to content

हरिहरपुरगढीमा आजबाट एकीकृत घुम्ती शिविर सुरु

हरिहरपुरगढीमा आजबाट एकीकृत घुम्ती शिविर सुरु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर आजबाट सुरु भएको छ। पालिकाको आठै वडामा जेठ ५ गते देखि १४ गते सम्म शिविर हुन लागेको हो।
शिविरमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा,व्यवसाय दर्ता र नविकरण,शैक्षिक गतिविधि सम्वन्धी सेवा ,वडा स्तरीय सार्वजनिक सुनुवाई ,राजश्व संकलन ,सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङगता परिचयपत्र सेवा प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराले जानकारी दिनुभयो।

जेठ ५ गते वडा नं. ८ को कार्यालय, पान्तलेमा समय विहान १० बजे देखि ४ बजे सम्म
जेठ ६ गते वडा नं.७ क्यानेश्वर स्वास्थ्य चौकी, क्वाटरमा विहान ८ बजे देखि १२ बजे सम्म वडा नं. ७ को वडा कार्यालय, भुताहामा दिउसो १ बजे देखि ८ बजे सम्म ,जेठ ७ गते वडा नं.६ को वडा कार्यालय रागेदोभानमा विहान ८ बजे देखि दिउसो १ बजे सम्म
जेठ ८ गते वडा नं. १ को कार्यालय, सानो जितपुरमा विहान १ बजे देखि दिउसो २ बजे सम्म
जेठ ९ गते वडा नं. १ को सामुदायिक स्वास्थ्य इकाई चिसापानी विहान १० बजे देखि दिउसो २ बजे सम्म ,जेठ ११ गते वडा नं.३ कुशेश्वर प्रा.वि.कुशदमार विहान ८ बजे देखि बिहान १० बजे सम्म ,वडा नं. ३ को कार्यालय, रानीपानी मध्यान्ह १२ बजे देखि दिउसो ४ बजे सम्म ,जेठ १२ गते वडा नं. २ को कार्यालय, बखफर विहान ८ बजे देखि दिउसो ४ बजे सम्म,जेठ १३ गते वडा नं. ४ को कार्यालय, बेलपुर विहान १० बजे देखि दिउसो ३ बजे सम्म जेठ १४ गते वडा नं. ५ को कार्यालय, भलखडा विहान १० बजे देखि दिउसो ३ बजे सम्म शिविर संचालन हुनेछ।


सेवाग्राहीलाई सहज र समयको बचत होस जेष्ठ नागरिकले बैंक सम्म दुख नपाउँन भनेर पालिकाले एकीकृत घुम्ती शिविर गर्दै प्रत्येक वडामा सेवा दिदै आएको पालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts