सिन्धुलीको हरिहरपुरगढी गुडखोलामा एक घरमा आगलागी





सिन्धुली – सिन्धुलीमा व्याट्री पड्केर आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ गुडखोलामा बस्ने ३५ वर्षीय डिल बहादुर पुलामी मगरको खरले छाएको काठ, बाँसले बनेको १ तले घरमा बाट्री पडकिएर आगलागी भएको हो ।
सोमबार अपराहन्न ४ बजेको समयमा मगरको घरमा रहेको सोलारको ब्याट्री एक्कासी पडकिएर आगलागी हुँदा २५ मुरी मकै, ३० मुरी धान, १५ मुरी कोदो का साथै भाडाकुडा तथा लत्ताकपडा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
आगलागीमा घर जली पुर्ण रुपमा क्षती भएता पनि मानविय तथा चौपाया क्षती नभएको उपरीक्षक सुवेदीले बताउनुभयो । आगोलागी भए पश्चात् घटनास्थलमा गई प्रहरी चौकी महेन्द्रझ्याडीबाट प्रहरी खटिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
