सिन्धुलीको हरिहरपुरगढी बडहरेमा चट्याङ पर्दा एक घाइते





सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ बडहरेमा चट्याङ पर्दा एक जना घाइते भएका छन।
आज दिउँसो ४ .४० बजे चट्याङ पर्दा घर नजिकै रहेका बडहरेका केनमसिं गोलेको छोरा बर्ष १९ का मनराज गोले घाईते भएका हुन ।
उनलाई स्थानिय हरिहरपुरगढी स्वास्थ्य चौकी जीतपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेटौडा लगिएको उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
