मेरो पत्र Logo

हेटौडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते, चितवन रिफर गरियो

Mero Patra
मेरो पत्र
ad
हेटौडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते, चितवन रिफर गरियो
adad

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–७ स्थित नागसोती शान्तिटोलमा मङ्गलवार साँझ करिब ५:४५ बजे करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।

घटना विद्युत् कर्मचारीद्वारा पोलमा काम गर्ने क्रममा अचानक विद्युतको तार भुइँमा खस्दा पैदल हिँडिरहेका तीन जना करेन्ट लागी घाइते भएका हुन्।

घाइतेहरूमा ४६ वर्षीय सन्चय कुमार पुडासैनि, उनकी ४४ वर्षीया श्रीमती लक्ष्मी पुडासैनि र १ वर्षीया नातिनी श्रीयाना पुडासैनि रहेका छन्। सन्चयको दुबै खुट्टा गम्भीर रूपमा जलेको छ र बोल्न नसक्ने अवस्थामा छन्। लक्ष्मी र श्रीयानाको दुबै खुट्टा तथा हात जलेको छ भने अवस्था मध्यम रहेको बताइएको छ।

घाइते सबैलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो भने थप उपचारका लागि बेलुकी करिब ७ बजे नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा रिफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी पोस्ट हरियालीबाट प्रहरी टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ। घाइतेको उपचारमा सन्चयका दाजु हरिशरण पुडासैनि संलग्न रहेका छन्।

सेयर गर्नुहोस्: