बागमती प्रदेश सरकारको कार्यक्रमको लागि हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षता तथा माननीय बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा आगामि आर्थिक वर्ष २०८२/८३ प्रदेशको बार्षिक योजनामा समावेस गर्नुपर्ने योजना कार्यक्रमको बिषयमा जनप्रतिनिधी , कर्मचारि तथा सरोकारवालासङ्ग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सोहि कार्यक्रममा माननीय बागमती प्रदेस सभा सदस्य गंगानारायण श्रेष्ठ मार्फत मुख्यमन्त्री समक्ष योजनाको माग गर्नको लागि उहाँलाई हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,१ देखि ८ वटै वडाका अध्यक्ष,कार्यपालिका सदस्यहरुले आगामि आर्थिक वर्ष २०८२/८३ को योजना कार्यक्रमका लागि योजनाको फाइल हस्तानतरण गर्नुभएको थियो ।
माननीय बागमती प्रदेस सभा सदस्य गंगानारायण श्रेष्ठले मुख्यमन्त्री समक्ष आफ्नो क्षेत्रको लागि शिक्षा,स्वास्थ्य,खानेपानी तथा भौतिक पुर्वाधारहरुका लागि तत्काल योजना माग गर्ने र बढी भन्दा बढी योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वज्रध्वव वाइबाले गाउँपालिकाभित्र भएका गतिविधिहरुको बिषयमा जानकारी दिदै तालिम पश्चात स्थानियले उत्पादन गरेको बाँसजन्य मोडा,नाङलो माननियलाई प्रदान गर्नुभएको थियो ।



