Skip to content

काठमाडौको तिनकुने जडिबुटी क्षेत्रमा कर्फ्यु

काठमाडौको तिनकुने जडिबुटी क्षेत्रमा कर्फ्यु
प्रकाशित:
शब्दको आकार

काठमाडौं । काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो।

शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यू आदेशमा राति १० बजेसम्म सो क्षेत्रभित्र भेला जुलुश प्रदर्शन घेराउ जस्ता गतिबिधि गर्न नपाउने उल्लेख छ। कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts