मकवानपुरको बागमती गाउँपालिका वडा न.१ ,बोटगाउँ निवासी फगुनी राईलाई जस्तापाता सहयोग गरेको छ। गत फागुन २८ गते भएको भीषण आगोलागीमा परी पुरै घर नष्ट भएको राईलाई वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष हस्त बहादुर थिङको पहलमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
आगोलागीबाट राईको घर पुर्णरुपमा नष्ट भएको र नजिकैको घरमा पनि आगोले आंशिक रुपमा क्षति पुर्याएको थियो। छाना छाउने नया जस्ता पाए पछि फगुनी राई खुशी भएकि छिन ।उनको बास र काठले बनेको, खरले छाएको एकतले घरको भान्सा कोठामा दाउराबाट खाना पकाउने क्रममा आगोको झिल्का निस्कि घरको छानामा गई आगलागी हुदा घरमा क्षती पुगेको थियो ।



