Skip to content

महोत्तरी ५४७ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा

महोत्तरी ५४७ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा
प्रकाशित:
शब्दको आकार

सिन्धुली। महोत्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।

सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको बा ३ ख ५८३२ नम्वरको मिनिट्रकलाई रोकेर चेकजाँच गर्दा ३५ पोकामा लुकाएर लगिँदै गरेको ५४७ किलो गाँजा बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

बर्दिबास नगरपालिका ३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित शंका लागेर चेकजाँच गर्दा उक्त ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाई राखेर सो परिमाणमा गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

उनका अनुसार मिनिट्रक र चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाण्डौं महानगरपालिका ६ टोखा ग्रिनल्याण्ड स्थित डेरा गरी बस्ने ३७ वर्षीय सलिन मगरलाई नियन्त्रणमा लिइएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts