मेरो पत्र Logo

हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास
adad

सिन्धुलीको हरिरहपुरगढी गाउँपालिकामा आज दुई आधारभुत बिद्यालयको शिलान्यास भएको छ । हरिरहपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ जितपुरडाँडाँ स्थित जिवनज्योती आधारभुत विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

संघिय सरकारबाट हस्तान्तरित (विशेष अनुदान ) र हरिहरपुरगढी गाउँपालिकाद्धारा उक्त विद्यालय भवनको निर्माण हुन लागेको हो । भवनको भ्याट सहित ९३ लाख ७८ हजार ९ ६९ रुपैयाँ अनुमान लागतमा रकम रहेको छ भने ठेक्का कबोल रकम ९२ लाख ४५ हजार ३५५ रुपैयाँ रहेको छ । पिटिआर कन्ट्रक्सनले २०८१ माघ ३ गते गाउँपालिकासँग २०८२ जेठ २० गते सम्पन्न गर्ने गरि निर्माण सम्झौता गरेको थियो ।

default

त्यस्तै आजै चिसापानीडाँडाँ स्थित जनज्योती आधारभुत विद्यालय भवनको शिलान्यास गरिएको छ । संघिय सरकारबाट हस्तान्तरित (विशेष अनुदान ) र हरिहरपुरगढी गाउँपालिकाद्धारा निर्माण हुन लागेको भवनको गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।

भवन निर्माणको लागि लागत अनुमान रकम १ करोड १९ लाख ८४ हजार ९७३ रुपैयाँ रहेको छ भने ठेक्का कबोल रकम ८९ लाख ८८ हजार ६२३ रुपैयाँ रहेको छ । सो प्याकेज अन्तर्गत जनज्योती आधाभुत विद्यालय र कालिका आधारभुत विद्यालय कोक्टीको भवन निर्माण हुनेछ । भवन निर्माणको लागि सिकाक हुस्से निर्माण कम्पनीले २०८१ मंशिर ७ गते गाउँपालिकासँग २०८२ जेठ २५ गते निर्माण सम्पन्न हुनेगरी निर्माण सम्झौता गरेको थियो ।

default

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताहरु पूरा गर्दै गइरहेको बताउनुभयो । उहाँले जनताको समस्याको मध्यनजर गर्दै हरिहरपुरगढी स्वास्थ्य चौकीको छतमा नेपाल टेलिकमको टावर राखेर सेवा प्रदान गरिने बताउनुभयो । त्यस्तै उहाँले खानेपानीको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा,वडा नम्बर १ का वडा अध्यक्ष जितबहादुर थिङ ,शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी , जिन्सी शाखा प्रमुख दिपक कार्की, योजना भुमी शाखा प्रमुख राजु कुमार उप्रेती ,कानुनी सहजकर्ता लोक बहादुर गोले,सब इन्जिनियर बिश्वराज थापा, युबा तथा खेलकुद बिकास समिती संयोजक लक्ष्मी बहादुर राई हिमाल लगायतको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्:
adad