Skip to content

प्रथम सिन्धुली खेलकुद महोत्सबमा हरिहरपुरगढी गाउँपालिका फुट्बलमा जिल्ला प्रथम

प्रथम सिन्धुली खेलकुद महोत्सबमा हरिहरपुरगढी गाउँपालिका फुट्बलमा जिल्ला प्रथम
प्रकाशित:
शब्दको आकार


सिन्धुलीमा फागुन ५ देखि १३ गते ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सव–२०८१ मा हरिहरपुरगढी गाउँपालिकाले फुटबल प्रतियोगितातर्फ महिला र पुरुष दुबैले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

हरिहरपुगढी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित कूल १८ पदक जितेको छ । त्यस्तै करातेमा ५ स्वर्ण, ३ रजत र ९ कास्य तथा फुटबलमा १ स्वर्ण पदक हात पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुली जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सव–२०८१’ आज समापन कार्यक्रममा विजयी खेलाडिहरुलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन समारोहमा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल " राजन"को प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकास समिती अध्यक्ष विशाल थिङको सभादक्ष्यतामा सम्पन्न कार्यक्रममा हौसला बढाउनको लागि हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा लगायतको सिन्धुलीमाढीमा उपस्थित भएर अबिर,माला लगाएर विजयी खेलाडीहरुसँग खुसि साट्नु हुँदै बधाई दिनुभएकोे थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts