हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईबाको दैनिकी बिहानै ७ बजे पालिका कार्यालय आउने एक कप चिया संगै जनतासंग भेटघाट गर्ने जनताका गुनासा सुन्ने,नत्र प्रदेश मन्त्रालय धाउने,संघिय मन्त्रालय धाउने ढोगेर हुन्छ घुर्काएर, फकाएर जे गरेर हुन्छ जनतालाई बिकास ल्याउने हो भन्नुहुन्छ कहिले कसैलाई थाहै नदिइ फिल्ड मै पुगेर अनुगमन गर्ने अन्यत्र काम छैन भने जनताकै काममा पालिकामै उपलब्ध भैदिने यस्तै दिनचर्या चल्छ |
अध्यक्ष बज्रध्वज वाइबा केहि दिनअघि बिहान ५ नबज्दै इन्जिनियर टोलिलाई ओछ्यानबाटै उठाएर हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर लिएर हिड्नुभयो कारण बाटो सर्बे थियो जनताको काममा ढिलो हुनुहुन्न दिन होस् या रात खट्नुपर्ने जनताले त्यहि आशमा हामीलाई बिश्वास गरेर हामि जनप्रतिनिधिलाई जिताएको हो बताउनुहुन्छ । आज बिहानै पालिकाको वडा नम्बर ६ स्थित कुशेश्वर माध्यामिक विद्यालय, ढाप्सारको आकस्मीक अनुगमन गर्नुभएको छ ।

विद्यालयको वास्तविक स्थिति पत्ता लागोस् भन्ने उद्देश्यले थाहै नदिइकन अनुगमनमा निस्कनु भएको थियो । उहाँले विद्यालय सञ्चालनमा रहे नरहेको, शिक्षक, विद्यार्थीको उपस्थिति र भौतिक अवस्थाको बारेमा हेर्नुभएको छ ।
अनुगमनका क्रममा उहाँले विद्यालयका शिक्षकहरुलाई आफु अनुशासित भए मात्रै विद्यार्थीहरुलाई अनुशासनको पाठ सिकाउन सकिने जिकिर गर्नुभयो । “ शिक्षकहरु आफै अनुशासनमा बस्नुस । तब मात्रै विद्यार्थीलाई अनुशासन के हो सिकाउनुस ” उहाँले निर्देशन दिनुभयो ।

शैक्षिक गुणस्तर उकास्न संघ, प्रदेश र स्थानीय तहले गरेका करोडौं लगानीको प्रतिफल निराशाजनक रहेकोतर्फ शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । शिक्षकहरुले जवाफदेही भई विद्यालयको शैक्षिक स्तर सुधारका लागि काम गर्नुपर्ने भन्नुहुँदै उहाँले अनुशासनहिन र गैरजिम्मेवार शिक्षकलाई बरखास्त गरिने समेत चेतावनी दिनुभयो ।
साथै उहाँ आफै उपस्थित भएर चिसो निरन्तर बढिरहकोले बालबालिकाहरु चिसोबाट बचाउन कुशेश्वर माध्यामिक विद्यालयका बालकक्षाका विद्यार्थीहरु बस्ने कक्षामा न्यानो कार्पेटको व्यवस्थापन गरिदिनुभएको छ।



