मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुनः अरुण बल

Mero Patra
मेरो पत्र
ad
माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुनः अरुण बल
adad

झुरझुरेः नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुनः अरुण बल चयन हुनुभएको छ । शनिबार सम्पन्न पार्टी गाउँपालिका कमिटीको दोस्रो सम्मेलनबाट बल सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
बलको अध्यक्षतामा ४५ सदस्यीय पालिकास्तरिय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षहरुमा ध्रुव थापा, बल बहादुर बल र बुद्धिमान माझी चयन हुनुभएको छ । यस्तै कमिटीको सचीवमा रहर सिं थिङ, सहसचिवमा इन्द्र बहादुर थोकर र कोषाध्यक्षमा शर्मिला माझी चयन हुनुभएको छ । नव निर्वाचित कमिटीको कार्यकाल २ वर्षको हुनेछ । नव निर्वाचित कमिटीका संयोजक प्रेम बहादुर थोकरले सपथ ग्रहण गराउनुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटीका उपाध्यक्ष प्रेम बहादुर पुलामी, सचिवालय सदस्य सर्केश घलान र बागमती गाउँ कमिटीका इन्चार्ज ज्ञान सागर भोलन लगायतको उपस्थिति रहेको थियो ।

ad