मेरो पत्र Logo

बागमतीको फापरबारीमा बृहत स्क्रिनिङ क्याम्पः १२ जनामा क्षयरोग पुष्टि

Mero Patra
मेरो पत्र
ad
बागमतीको फापरबारीमा बृहत स्क्रिनिङ क्याम्पः १२ जनामा क्षयरोग पुष्टि
adad

फापरबारीः बागमती गाउँपालिका वडा नम्बर ६ स्थित फापरबारीमा डिजिटल एक्स–रे मार्फत स्क्रिनिङ क्याम्प संचालन भएको छ । समुदायमा लुकेर रहेका सक्रिय क्षयरोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत बागमती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दोस्रो दिन बिहिबार फापरबारीमा स्क्रिनिङ क्याम्प संचालन भएको हो ।
क्याम्पको अवलोकन गर्नुहुँदै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले नसर्ने रोग विरुद्धको अभियानलाई पालिकाभित्र समुदायस्तरमा पुर्‍याइने बताउनुभयो । उहाँले स्थानीय सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो
स्क्रिनिङ क्याम्प अर्न्तगत दोस्रो दिन ६ सय २ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको छ । जसमध्ये १२ जनामा क्षयरोग पुष्टि भएको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले बताउनुभयो । उहाँका अनुसार ६५ जना शंकास्पदको नमुना संकलन गरी परिक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ । जसको रिपोर्ट केही आउने उहाँले बताउनुभयो । क्षयरोग पुष्टि भएकाहरुको गाउँपालिकाले निशुल्क उपचार गरिदिनेछन् । क्याम्पमा सुगर परिक्षण गराएकोमध्ये ४५ जनामा पुष्टि भएकोे जनाएको छ ।
पहिलो दिन राईगाउँमा आयोजना भएको स्क्रिनिङ क्याम्पमा ३ सत ६१ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको थियो । जसमध्ये १७ जनामा क्षयरोग पुष्टि भएका थिए भने ४८ जना शंकास्पदको नमुना संकलन गरिएको थियो । बुधबार भएको क्याम्पमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी पनि उपस्थित हुनुुहुन्थ्यो ।

सेयर गर्नुहोस्: